परासी ,२० जेष्ठ

परासीमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । परासीमा अवस्थित हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुप परासीमा अाबद्ध जिल्लाका सकृय युवाहरुले संकलन गरेको आर्थिक सहयोग बाट पत्रकारहरुलाई मास्क , सेनिटाईजर लगाएतकाे स्वास्थ्य समाग्री वितरण गरिएको हाे ।
काेराेना महामारीको विषय परिस्थितिमा विपन्न परिवारहरुलाई राहत सामाग्री वितरण गर्दै अाएकाे हेल्पिङ्ग हैन्डले जिल्लाका पत्रकारहरुले विभिन्न सुचना मार्फत अाम नागरिकहरुलाई सचेत गराईरहेको र जाेखिम मोलेर सत्य तथ्य सुचना प्रभाव गरि आम जनमानसमा सुसुचित गराइरहेको हुनाले आफुहरुले जिल्लाका पत्रकार हरुलाई सहयोग गरेको हेल्पिङ्ग हैन्ड ग्रुपका रामप्रसाद पाैडेलले बताए ।

