33.3 C
Parāsi
Friday, April 19, 2024
spot_img

जेष्ठ नागरिकसंग मेयर कार्यक्रम आजदेखी अइचवलबाट सुरु

परासी २९ माघ ।

जेष्ठ नागरिकसंग मेयर कार्यक्रम आजदेखी रामग्राम नगरपालिकाको वडानं १४ अइचवलबाट सुरु गरेका्े छ ।  वडानं १४ बस्ने ७५ बार्षिय टिमल चमारघरमा पुगी नगरप्रमुख नरेन्द्र कुमार गुप्ता र स्वास्थ्यकर्मी को टोलिले स्वास्थ्य परीक्षण गरी कार्यक्रमको सूरुवात गरेको हो । नगर प्रमुख गुप्ताले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सुरुवात गरिएको बताए । यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध छ । परिवारका सदस्यको बढ्दो व्यस्त जीवनशैली, परिवार बाट टाढा रहेका आफन्तका कारण हेरचाहबाट बञ्चित एवं अर्थीक भावका कारण उपचारबाट बञ्चित हुन पुगेका ज्येष्ठ नागरिक लाई स्वास्थ्य परीक्षण गर्न लागिएको हो  । घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध सगै ज्येष्ठ नागरिकलाई ३८ प्रकारका निःशुल्क औषधि उपलब्ध समेत गराउने नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिल खड्काले जानकारी दिए । ३७ प्रकार को औसधी नेपाल सरकार बाट र १ ओटा रामग्राम नगरपालिका आफैले खरिद गरेको हो। ज्येष्ठ नागरिकका लागि घरमै दिइने सेवामा उच्च रक्तचाप, दम, फल्स, तापक्रम, मधुमेह, पिसाब जाँच, खाकर संकलन गरी परीक्षण क्षयरोग, कुष्ठरोग, औँलो तथा स्वास्थ्य सेवा दिने बताए । दीर्घरोगीलाई आवश्यक परामर्श दिने जटिल प्रकारको बिरामी भेटिएमा जिल्ला अस्पतालमा सेवा दिन सिफारिस दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए।

रामग्राम नगरपालिकाले गरेको यो कार्यक्रम नेपालमै पहिलो कार्यक्रम हो।

थप समाचार

ताजा खबर