14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

ओली सर्मथक युवाहरुद्धारा नवलपरासी पार्टी कार्यालयमा तालाबन्दी

नवलपरासी, ७ पुस ः प्रधानमन्त्री केपी ओली समर्थक युवाहरुले पश्चिम नवलपरासीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालयमा मंगलबार दिउँसो तालाबन्दी गरेका छन् ।
राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका कार्यकर्ताहरु पुगेर कार्यालयमा तालाबन्दी गरेका हुन् ।
मदन भण्डारी फाउण्डेशन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले पार्टी कार्यालयको सुरक्षाका लागि तालाबन्दी गर्नु परेको बताए । ५ वर्ष सरकार चलाउने म्याण्डेट पाएका प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका कारण काम गर्न नदिएर पार्टी विभाजनमा लागेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु पार्टी कार्यालयमा प्रवेश गर्ने नैतिक अधिकार नभएको भन्दै तालाबन्दी गरिएको पोखरेलले बताए ।
पार्टी एकीकरण हुनअघि पूर्वमाओवादी कार्यकर्ताहरुले पार्टी कार्यालयमा आगजनी गरेकाले । अहिले पनि उक्त कार्य दोहराउन सक्ने देखेकाले कार्यालय सुरक्षाका लागि युवाहरुले तालाबन्दी गरेको नेकपा प्रतिनिधिसभा संसदीय क्षेत्र नं. २ का संयोजक थानप्रसाद गैरेले बताए ।
दुई पार्टी एकीकरण हुँदा पूर्वमाओवादीले जिल्ला अध्यक्ष पाएको थियो । भविश्वर तिवारीको अध्यक्षतामा हाल १ सय ४५ जिल्ला कमिटी छ । जसमध्ये ८० जना ओली पक्षका रहेको गैरेले दाबी गरे ।

थप समाचार

ताजा खबर