परासी, कात्र्तिक ४ ।
परासीमा करदाता सेवा कार्यालय स्थापना भएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाको मातहातमा उक्त कार्यालय सञ्चालनमा आएको हो ।
अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग अन्र्तगत स्थापना भएको सेवा कार्यालयले आज मगंलबार देखि काम सुरु गरेको छ ।
मगंलबार पहिलो सेवाग्राही स्थानिय शम्भु उपाध्यायको व्यवसायिक स्थाई लेखा नम्बर प्यान दर्ता गराएर सेवा सुचारु गरिएको कर अधिकृत बसन्त अधिकारीले जानकारी दिनुभयो । सेवा कार्यालय स्थापना भएपछि जिल्लाबासीलाई सेवा लिनका लागि भैरहवा जानुपर्ने बाध्यता हटेको छ ।
अब पुनः कर परिक्षण, अन्तशुल्कका केही कामको लागि मात्रै आन्तरिक राजश्व कार्यालय भैरहवा जानुपर्नेछ । सेवा कार्यालयबाट व्यक्तिगत व्यवसायिक लेखा नम्बर दर्ता, करचुक्ता प्रमाण पत्र जारी, कारोबारको विवरण आद्यावधिक गर्ने, अन्तशुल्क ईजाजत पत्र नविकरण, बक्यौता तथा बेरुजु लगतकट्टा लगाएतका काम हुनेछ ।
सेवा कार्यालयले पश्चिम नवलपरासीका सबै जनतालाई सेवा पुर्याएने भएपनि तत्कालका लागी बर्दघाट र सुनवल, आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेकाले सेवाबाट बंञ्चित हुने छन् तर छिट्टै परासीबाटै त्यस क्षेत्रको पनि काम सुरु हुने कर अधिकृत अधिकारीले जानकारी दिनुभयो । सेवा कार्यालयमा ६ जनाको दरबन्दी हुने व्यवस्था छ। । सेवा कार्यालयबाट काम सुरु भएकाले अब जिल्लाका आम सर्वसाधारण र उद्योगी व्यवसायिलाई सहज हुने उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।