परासी, २९ असोज ः
कृषि बालीमा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । सहमति संस्था गैंडाकोट पूर्वी नवलपरासीले त्यस क्षेत्रका केरा तथा धान उत्पादक कृषकहरुलाई लक्षित गरेर कृषि यन्त्र अन्तरगत ३२ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
उक्त क्षेत्र केरा र धानको पकेट क्षेत्रका रुपमा रहेको छ ।
कोईकाको आर्थिक सहयोग र गुड नेभर इन्टरनेशनलको प्राविधिक सहयोगमा सहकारी मार्फत किसानहरुलाई वितरण गरिएको ट्क्याटरमा १३ वटा केरा गोड्ने र १९ वटा धान काट्ने ट्याक्टर रहेको संस्थाका समावेशी ग्रामीण विकास परियोजनाका टिम लिडर लोकबहादुर थारुले बताए । पालिकाहरु मार्फत सहकारीहरुलाई उपलब्ध गराइएको ट्याक्टरहरुको मूल्य ५४ लाख बराबरको छ । उपलब्ध गराइएको ट्याक्टर सम्बन्धित वडाका किसानहरुलाई आवश्यकताअनुसार उपलब्ध गराउने थारुले जानकारी दिए ।
परियोजना पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका गरी कुल ६ पालिकाका १३ वटा वडामा सञ्चालित छ । जसमा मध्यविन्दु नगरपालिकाको ४ वटा वडा र पश्चिम नवलपरासीका पाल्हीनन्दन, प्रतापपुर, सरावल र सुस्ता गाउँपालिका तथा सुनवल नगरपालिका गरी ९ वटा वडाहरुमा सञ्चालित रहेको परियोजनाका सल्लाहकार भीम प्रसाद शर्माले बताए । समुदायको आय आर्जनमावृद्धि गरी जीवीकोपार्जनमा सहयोग गर्ने उद्देश्यले परियोजनाले व्यवसायिक पशुपालन, कृषि,
सिँचाई र युवा तथा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरेको संस्थाले जनाएको छ ।
लक्षित वर्गको मागका आधारमा अन्य कृषि औजार र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्दै लैजाने संस्थाले जनाएको छ ।