हरि शर्मा
परासी, १६ भदौ ः
पश्चिम नवलपरासीका युवाहरुले जिल्ला स्तरमा पीसीआरसहितको प्रयोगशाला र आइसियुसहितको भेन्टिलेटर सेवा उपलब्ध गराउन माग गरेका छन् । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएको जनाउँदै युवाहरुले युथ अफ पश्चिम नवलपरासी नामक सञ्जाल नै गठन गरेर उक्त सेवा उपलब्ध गराउन अभियान नै सञ्चालन गरेका छन् । सेवा उपलब्धका लागि दबाब दिन उनीहरुले जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय मन्त्री, प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सांसद, सबै स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रमुख, र उद्योग वाणिज्य संघलाई दैनिक रुपमा मोबाईल म्यासेज र फेसबुक म्यासेन्जरमा खबर पठाएर दबाब दिदैं आएका छन् । जिल्लाबाट ह्दयश त्रिपाठी संघीय मन्त्री र बैजनाथ जयसवाल प्रदेश मन्त्रीमा प्रतिनिधित्व गर्दछन् ।
म्यासेजमा ‘कोरोना घर घरमा आइसक्यो, हजुरहरुले पीसीआर मेशिन कहिले ल्याउने ?’ भन्दै प्रश्न गरिएको छ । युवाहरुले सञ्चारमाध्यम मार्फत दबाब दिई सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई पनि दैनिक रुपमा म्यासेज पठाउँदै आएका छन् । युवाहरुले १ घर १ पीसीआर परीक्षण हुनुपर्ने समेत माग गरेका छन् ।
जिल्लामा पीसीआर परीक्षण र लक्षण देखिएका बि
रामीहरुको उपचारका लागि चितवन, भैरहवा, बुटवललगायतका अन्य जिल्लामा जानु पर्ने भएकाले सहज स्वास्थ्य सेवाका लागि दबाब सृजना गर्नु परेको युवा सञ्जालका अभियन्ता अनुकुल रेग्मीले बताए ।