25.6 C
Parāsi
Saturday, April 20, 2024
spot_img

नगरपालिकाका कर्मचारीसहित परासीमा देखियाे समुदाय स्तरमा काेराेना संक्रमण

हरि शर्मा
परासी,२२ साउन : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीमा समुदाय स्तरमा काेराेना संक्रमण देखिएकाे छ ।
समुदाय स्तरमा काेराेना संक्रमणबारे जिल्ला स्तरिय काेभिड- १९ राेकथाम तथा नियन्त्रण समितिले सबै स्थानीय तहमा परीक्षण सुरू गरेकाे थियाे । साे क्रममा रामग्राम नगरपालिका क्षेत्रमा रहेका सर्वसाधरण, कर्मचारी, पत्रकार, बैक तथा वित्तीय संस्थाका कर्मचारी, हाेटल व्यवसायीलगाएत १ सय २९ जनाकाे पीसीअार परीक्षण गरिएकाे थियाे । जसमा २ जनामा संक्रमण देखिएकाे जिल्ला स्वास्थ्य प्रमुख गाैरव ढकालले जानकारी दिए । संक्रमण देखिएकामा रामग्राम नगरपालिकाका एक कर्मचारी र वडा नं १८ का एक जना छन् । ८ जनाकाे रिपाेर्ट अाउन बांकी छ । त्यसै गरि सुनवल नगरपालिकामा ७७ जनामा परीक्षण गरिएकाेमा सबैकाे रिपाेर्ट नेगेटिभ अाएकाे छ । अन्य स्थानीय तहमा गरिएकाे परीक्षणकाे रिपाेर्ट अाउन बांकी रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

थप समाचार

ताजा खबर