२०७७ श्रावण १४ गते परासी
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा खुल्ला “रक्तदान ” एक कार्यक्रम बीच आज सफलतापूर्वक सम्पन्न भएको छ ।
कोभिड–१९ को महामारी र वर्षायामको जोखिमवाट हुन सक्ने समस्यालाई मध्यनजर गर्दै “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने उद्देश्य लिई जिल्लामा रक्त अभाव हुन नदिनका लागि निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था संघका कार्यवाहक अध्यक्ष ओम प्रकाश अग्रहरीको अध्यक्षता तथा रामग्राम न.पा.का नगरप्रमुख श्री नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका का.वा.अध्यक्ष उपस्थित प्रमुख अतिथि, अतिथि, संघ संस्थाका महानुभावलाई स्वागत गर्दै निजी क्षेत्र उ.वा.संघले सामाजिक उत्तरदायित्व वहन गर्दै विविध सामाजिक कार्यहरु गर्दै आएको र संघले पहिलो पटक रक्तदान कार्यक्रम संचालन गरेको हो ।
जिल्लामा रगतको अभाव लाई कम हुन नदिनका लागि यस कार्यलाई निरन्तरता दिने आफ्नो स्वागतमा वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रामग्राम न.पा.का प्रमुख श्री नरेन्द्र कुमार गुप्ताले स्थानीय तहमा निर्वाचित प्रतिनिधि नभएको अवस्थामा निजी क्षेत्र उद्योग वाणिज्य संघले अहम भूमिका निर्वाह गरेको र अहिलेको अवस्थामा आफ्नो व्यवसायिक हक हित संरक्षण संगसगै विविध सामाजिक क्रियाकलापमा योगदान वढाउदै आएको जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका सभापति श्री राजेन्द्र प्रसाद अग्रहरी ,बर्दघाट नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री लेखराज न्यौपाने , रक्तदान कार्यक्रमा संघका पदाधिकारी, का.का.सदस्य उद्योग प्रतिष्ठान हरुमा वुटवल सिमेण्ट मिल्स, श्री बरुण वेभरेज नेपाल प्रा.लि.,एम.एस.हाईटेक स्टिल, श्री सिद्धि विनायक स्नायक्स, ओम नेचर पुड्का संचालक , पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएकसनका अध्यक्ष ,, लायन्स क्लव अफ नवलपरासी रामग्रामका डिस्ट्रिक ,325 बीच 2का डिस्ट्रीक कोर्डिनेटर , लायन्स क्लब अफ नवलपरासी रामग्राम , सहरी विकास तथा भवन कार्यालयका प्रतिनिधि, सनराईज वैक लि.का. प्रतिनिधि, समाजसेवी लगयतले रक्तदान गरेका थिए।
संघका महासचिव गिरीराज पाण्डेयको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघको आग्रहमा आयका प्रमुख अतिथि, संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार महानुभाव र रक्तदान कार्यक्रम सम्पन्न सम्पन्न गर्न का लागि सहयोग गर्ने वरुण वेभरेज, सिद्धि बिनायक स्यान्याक्स , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी, लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई संघका महासचिव गिरीराज पाण्डेले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।