कांग्रेसको विरोध प्रदर्शन

हरि शर्मा
परासी, १४ असार

नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको मागगर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको छ ।
सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोण सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
कार्यबहाक जिल्ला सभापति अजुर्न कुमार पोखरेलको नेतृत्वमा निस्केको जुलुसपछि आयोजित कोणसभामा संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवदकरण जयसवाल, बिरेन्द्र अग्रहरी , महिला नेतृ आरधाना भट्ट, विक्रम यादव, उमेश यादव, मिठ्ठुु केसी, लगायतले कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।