14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

सुनवल नगरपालिकाको बजेट ७६ करोड ३३ लाख कोरोना प्राथमिकतामा क्रोनाले प्रभावित भै सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिन १२ करोड ९९ लाख बिनियोजन

नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । आज नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७/०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैया अनुमान गरिएको सभामा प्रस्तुत गरिएको छ ।

नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुँजीगत तर्फ ३५ करोड ६१ लाख  २५ हजार रुपैया अनुमान गरेको बजेट नगर उप–प्रमुख दधिराम अर्यालले सभामा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा नगरपालिकाले आन्तरिक श्रोतबाट १२ करोड ५४ लाख र बाह्य तर्फ ६३ करोड ७९ लाख ३७ हजार ५०९ रूपमा आम्दानी गर्ने अनुमान गरिएको छ ।
नगरपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ५ करोड ३३ लाख  ८५ हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत शिक्षा विकास तफ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख रुपैया छुट्टाएको छ । त्यस्तै आर्थिक बिकास तर्फ २ करोड ६१ लाख ९५ हजार बिनियोजन गरिएको छ । जसमा कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख छुट्याइएको छ । त्यसैगरि पुर्वाधार बिकास तर्फ ६ करोड ५५ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत बिकास तथा शुशासन तर्फ ७६ लाख रुपैया बिनियिजन गरिएको छ । त्यसैगरी क्रोनाले प्रभावित भै सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिन १२ करोड ९९ लाख बिनियोजन गरिएको छ ।

थप समाचार

ताजा खबर