नवलपरासीको सुनवल नगरपालकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि निति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले नगरका जनप्रतिनिधि तथा नगरभित्रका राजनितिक दल र विभिन्न सक्रिय सामाजिक संस्थाका प्रमुख प्रतिनिधिहरु संग पुर्व छलफल गरेको हो । नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले स्वास्थ्य पुर्वाधार विकास, कृषि उत्पादनमा जोड दिने, रोजगारीको सृजना गर्ने र निर्माणाधिन नगरका गौरवका योजनाहरुलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्ने जनाइएको छ ।
कार्यक्रममा सहभागिहरुले क्रोना नियन्त्रण, कृषिमा व्यवसायिकता तथा आधुनिकरण, निर्माणाधिन भौतिक पुर्वाधार, युवा स्वरोजगार र स्वास्थ्य पुर्वाधार लगायतका क्षेत्रलाई केन्द्रित गरि कार्यक्रम तथा बजेट बनाउन सुझाव दिएका हुन् ।
कार्यक्रममा नगर उप प्रमुख दधिराम अर्यालले स्वागत गर्दै नगरको भौतिक तथा वित्तिय प्रगतिबारे जानकारी दिनु भएको थियो । कार्यक्रममा उठेको जिज्ञासालाई मेटिदै नगर प्रमुख भरत थापाले नगरको गौरवको योजना र नगरपालिकाले आगामी बर्षका लागि लिईने निति तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । नगरका संचालित योजनाहरुको पनि बारेमा जानकारी गराउदै क्रोना माहामारीले केहि योजनाहरु प्रभावित भएको पनि जानकारी दिनु भयो ।