परासी, २८ जेष्ठ ।
जनमत पार्टी नवलपरासीले विभिन्न स्थानिय तहको धयानाकर्षण गराएको छ । क्रोना भाइरसको संक्रमण नवलपरासीमा बढदै जाँदा यसको रोकथाम र लकडाउनले प्रभावित गरिब विपन्नलाई अविलम्ब राहत बाडन भनि पार्टीले रामग्राम नगरपालिका र सरावल गाउँपालकामा ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला बरिष्ठ नेता बिजयनाथ यादवको नेतृत्वमा पार्टीको नेतृत्व मण्डलका सदस्य नेता कन्हैया राजभर, दिपेन्द्रं गुप्ता, शिवशंकर उपाध्याय र राजेश्वर मिश्रा सहित ५ सदस्यीय टोलीले ति स्थानिय तहलाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको हो ।
पार्टीले बुझाएको ९ बुँदे ज्ञापन पत्रमा क्रोना भाईर संक्रमणको जोखिम न्युनिकरण गर्न फिल्डमा खटिन, गरिबविपन्नलाइ राहत स्वरुप ५÷५ हजार वितरण गर्न, मारमा परेका व्यवसायी र किसानको बिजुली बिल, बैंक ब्याज, कर, घरभाडा र विद्यार्थी शुल्क समेतमा छुटको व्यस्वस्था मिलाउन पहल गर्न उल्लेख गरिएको छ नेता कन्हैया राजभरले जानकारी दिएका छन् । त्यस्तै किसानहरुलाई मलखादको व्यवस्था मिलाउन, खाद्यान्नमा अनाधिकृत मंहगंी बढदै गएकाले बजार अनुगमन गर्न, क्वारेन्टाई र आईशोलेशन मापदण्ड अनुसार व्यवस्थापन गर्न र सामाजिक दुरी कायम गराई व्यवसाय एव व्यवपार खुलाउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पार्टीले भोली जिल्ला प्रशासन सहित बाकी स्थानिय तहहरुमा सो ज्ञापन मार्फत ध्यानाकर्षण गराउने छ ।