12.4 C
Parāsi
Thursday, January 16, 2025
spot_img

किसानलाई अनुदानमा जैविक मल वितरण

परासी, २३ जेठ ः

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका गेरमीका किसानहरुलाई अनुदानमा उपलब्ध जैविक मल वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत प्राप्त जैविक मल गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले किसानहरुलाई वितरण गर्नुभएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी बाली पकेट सञ्चालन समिति मार्फत ३० जना किसानलाई जैविक मल र जिंक उपलब्ध गराइएको हो । एक हजार मूल्य पर्ने १० केजीको जैविक मल किसानहरुलाई अनुदानमा ५ सय रुपैयाँमा उपलब्ध गराइएको हो ।
बाली पकेट सञ्चालन समितिका अध्यक्ष अजय हरिजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुप्ताले कृषि क्षेत्रका लागि गाउँपालिका उर्वर क्षेत्र रहेकाले किसानहरुलाई विभिन्न समयमा सहुलियत दरमा कृषि उपकरण र सामाग्रीहरु वितरण गर्दै आएको बताउनुभयो । गाउँपालिकामा उत्पादन हुने कृषि बालीको बजार क्षेत्रमा पहुँच गराउन आफूहरु लागि परेको भन्दै अध्यक्ष गुप्ताले कुनै पनि किसानहरु रकम अभावले कृषि कार्यका लागि वञ्चित हुन नपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, रामवृक्ष यादव, सञ्जय सहानीलगायतले किसानहरुको समस्या र उत्पादिन वस्तुको बजारीकरणका बारेमा प्रकाश पार्नु भएको थियो ।

थप समाचार

ताजा खबर