37.6 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

पत्रकार र स्वास्थ्यकर्मीलाई रामग्राम जेसीजद्धारा सुरक्षा सामाग्री प्रदान

परासी, ७ जेष्ठ ।

सामाजिक संस्था रामग्राम जेसिसले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको छ । रामग्राम जेसीज बर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरी नेतृत्वको कार्यसमितिले रामग्राम नगरपालिकाको नगर क्षेत्रभित्रका २१ जना क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको हो । क्रोना भाईरसको संक्रमण विरुद्ध लडाईमा अग्रसर भै काम गरिरहेका ति पत्रकारहरुलाई १÷१ पिस केएन ९५ मास्क, एकपिस सेनिटाईजर, २ पिस डिटोल साबुन उपल्ब गराएको जेसीजसका अध्यक्ष सन्दिप अग्रहरीले जानकारी दिएका छन् ।

त्यस्तै जेसीजले अग्रपंक्तिमा रहेर उपचारसेवा प्रदान गरिरहेका पृथ्वीचन्द्र अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि मास्क, सेनिटाईजर, ग्लोब्स र साबुन उपलब्ध गराएको हो । उक्त सुरक्षा सामाग्री जेसीजका अध्यक्ष अग्रहरीले अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर मोहम्मद नुरुलहोलालाई हस्तान्त्रण गरेका थिए भने पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मालाइ हस्तान्त्र गरेका थिए । पत्रकारको लागि पाएको सुरक्षा सामाग्री महासंघका अध्यक्ष शर्माले ति क्रियाशिल पत्रकारहरुलाई हस्तान्त्रण गरेका थिए ।

कार्यक्रममा जेसीजका अध्यक्ष सन्दिप अग्रहरी, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर मोहम्मद नुरुलहोदा, जेसीजका महासचिव चन्द्रमणी चौधरी लगायतले यस सुरक्षा सामाग्रीले स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुलाई सुरक्षा प्रदान हुने र क्रोना विरुद्धको लडाईमा सुरक्षित र सचेत भै काम गर्न आग्रह गरेका थिए । यस्तो अवस्थामा सामाजिक संस्थाको रुपमा चिनिने युवाहरुको साझा संस्था रामग्राम जेसीजले संचारकर्मी तथा स्वास्थ्य कर्मीहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएपछि यो सिकाई अरु संस्थाहरुलाई पनि हुने विश्वास लिइएकाे छ ।

थप समाचार

ताजा खबर