37.6 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

लकडाउनको समयमा भारत पुगेर लागूऔषध ल्याउने एक पक्राउ

हरि शर्मा
परासी, ६ जेठ ः पश्चिम नवलपरासीको शसस्त्र प्रहरी बल नेपाल भूजहवाको टोलीले लागूऔषधसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ का २७ वर्षीया जोगेन्द्र हरिजन छन् । उनलाई सरावल र प्रतापपुर गाउँपालिकाको सीमामा पर्ने खजुराखोला नजिकबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ नं. हेडक्वाटरका उपरीक्षक भरत खनियाँले बताए । हिड्दै गरेको अवस्थामा झोलबाट उक्त लागूऔषध बरामद भएको हो । बरामद भएका लागूऔषमा विभिन्न नाम गरेका १५ सय पिस इन्जेक्सन, १८ सय पीस ट्याब्लेट र क्यापुसल र ७ वटा बोत्तल छन् । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइने सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताए । लकडाउनको समयमा सीमा क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपनि उनी कसरी भारत पुगेर लागूऔषध ल्याए भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

ताजा खबर