30.5 C
Parāsi
Thursday, April 18, 2024
spot_img

पाल्हीनन्दन गाउँपालिकाका विभिन्न मस्जिद मदरसामा अनुगमन

परासी, १५ बैशाख ।

मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पर्ने मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगद्धले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरिय अनुगमन समितिले उक्त गाउँपालिकामा पर्ने १४ वटा मस्जिद मदरसाहरुको अनुगम गरेको समिति सदस्य हैदर अलि मोमिनले जानकारी दिएका छन् ।

समितिका संयोजक बिबि खरेलले, यस समितिले मस्जिद मदरसाहरुमा लुकेर बस्ने जमाती वा अपरिचित व्यक्तिहरुको निगरानी गर्न र यस रमजानको महिनामा मस्जिदहरुमा सामुहिक नमाज नपढन आग्रह गर्न र लकडाउनको पुर्ण पाल्ने गराउने उद्देश्यले अनुगमन भैरहेको बताएका छन् । आज पहिलो दिन पाल्हीनन्दन गाउँपालिकाको बेलासपुर, कुश्मा, हरपुर, सुनरी, रमपुरवाँ, लोहरौली, भगतपुरवाँ, गेरमी, चमनटोला र पडरि लगायतका मस्जिद मदरसाहरुको अनुगमन गरिएको संयोजक बिबि खरेलले जानकारी दिएका छ्न ।

अनुगमनमा समितिका अनुगमन समिति सदस्य हैदर अलि मोमिन, ईजहार मिँया, एनुल अंसारी, बुद्धन अलि मिँया, मौलाना सैयद गुलाम हुसैन मिँया र पत्रकार हुसैन अंसारी रहेका थिए । अनुगमन पाल्हीनन्दन गाउँपालिका उप प्रमुख पावित्री कोहार, प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्त सहित अनुगमन टोलीले बेलासपुर मस्जिदबाट अनुगमनको प्रारम्भ गरेको थियो । अनुगमनको क्रममा मस्जिद मदरसाहरुमा कुनै पनि जमाती वा अपरिचित व्यक्तिहरु लुकेर नबसेको र सामाजिक दुरी सहित लकडाउनको पाल्ना गरेको पाइएको समिति सदस्य बुद्धन अलिले जानकारी दिए ।

थप समाचार

ताजा खबर