12.4 C
Parāsi
Thursday, January 16, 2025
spot_img

गाउँभरी राहत नदिएको विषयमा विवाद हुँदा असईको टाउको फुट्यो

हरि शर्मा
परासी, १२ बैशाख ः रामग्राम नगरपालिका वडा नं. १७ देवगाँव मा भएको राहत वितरणमा विवाद हुँदा प्रहरी सहायक निरीक्षक (असई)को टाउको फुटेको छ । प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाले बुधबारदेखि वडा कार्यालय मार्फत विपन्नहरुलाई राहत वितरण सुरु गरेको छ । शुक्रबार उक्त वडामा राहत वितरण भई रहँदा स्थानीयको एक समुहले गाउँभरीलाई राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खोल्न पुगेको प्रहरीसँग ८÷१० जनाको समुहमा रहेका स्थानीयले आक्रमण गरेको वडाअध्यक्ष जीत बहादुर गोसाईले बताए । गाउँमा १०÷१५ कट्ठा जग्गा हुनेहरुले गाउँभरी राहत चाहियो भन्दै कार्यालयमा तालबन्दी गरी विवाद निकालेको गोसाईले बताए । क्रिकेटको ब्याट प्रहार गर्दा असईको टाउको फुटको छ ।
आक्रमणबाट गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउको फुटेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए । अवस्था गम्भिर नभएपनि टाउकोमा गहिरो चोट लागेको उनले जानकारी दिए ।
प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहिच ४ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडामा २ सय विपन्नलाई प्रतिघरधुरी २५ केजी चामलसहितको खाद्यन्न सामाग्री राहतमा वितरण गरिएको छ ।

थप समाचार

ताजा खबर