23.8 C
Parāsi
Thursday, April 25, 2024
spot_img

सुनवलमा अलपत्र २ सय ५० यात्रुलाई घर पठाइयो

हरि शर्मा
परासी, ६ बैशाख ः देशका विभिन्न स्थानबाट पैदल आएका सर्वसाधारणलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले यातायातको व्यवस्था गरेर घर पु¥याएको छ । काठमाण्डौं, हेटौडालगायत पूर्वबाट पश्चिम जान राजमार्गहुँदै आएका २ सय ५० जना सर्वसाधारणहरुलाई नगरपालिकाले शुक्रबार राति बसको व्यवस्था पु¥याएर घर पठाइएको नगरप्रमुख भीम बहादुर थापाले बताए । उनी बाँके, कैलालीलगायतका जिल्लाका रहेका थिए । ‘सुनवल नगरपालिकामा प्रवेश गर्ने अलपत्र यात्रुहरुलाई गन्तव्यमा पु¥याउनका लागि पहल सुरु गरेका छौं ।’ थापाले भने ।
प्रदेश ५ सरकारले आफ्नो प्रदेशमा प्रवेश गर्ने पैदल यात्रुलाई खाना, बस्ने र गन्तव्यमा पु¥याई दिन शुक्रबार दिउँसो आव्हान गरे लगत्तै स्थानीय तहले त्यसको व्यवस्था गर्न लागेका हुन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नाकामा प्रवेश गर्ने सर्वसाधारलाई अलपत्र नपारी उनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।
प्रदेश सरकारको आव्हानपछि बर्दघाट नगरपालिकाले पैदल आएका यात्रुहरुको खानाका लागि भूताहास्थित राजामहात्मा पूर्णभद्र मावि पञ्चनगरमा खाना र बस्ने व्यवस्था मिलाइएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए । घर पु¥याइदिन आग्रह गर्नेलाई बसको व्यवस्था गरेर पठाउन थालिएको उनले बताए

थप समाचार

ताजा खबर