शीतलहर र चिसो बढेसँगै नेपाल रेडक्रस सोसाइटी अमरवन उपशाखा रामग्राम १४ अमरौटले कम्बल वितरण गरेको छ। शीतलहर र जाडोबाट प्रभावित गरिब, विपन्नलाइ २० थान कम्बल वितरण गरीएको भीमदेव भट्टराइले जानकारी दिए। जाडोबाट प्रभावित गरिब,
विपन्नको तथ्याङ्क सङ्कलन गरी त्यही आधारमा कम्बल वितरण गरीइएको बताए।
दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्, “अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यानसमेत गुमाउने गर्छन्।” हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।
चिसोका कारण दूधे बालकदेखि वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका समस्याहरु देखीन्छन् त्यसैकारणले कम्बल वितरण गरीइएको उनले थपे।
कार्यक्रम शाहेब आलमको अध्यक्षता तथा जिल्ला कार्यसमिति सदस्य अर्जुन क्षेत्रीको प्रमुखआतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा रामग्राम नगरपालिका वडा न १४ का वडा अध्यक्ष ओम प्रकाश यादब पुर्व अध्यक्ष ठागे यादव , भीमदेव भट्टराई, ओम प्रकाश यादब, अर्जुन क्षेत्री, शाहेब आलम लगाएतले शुभकामना मतब्य राखेका थिए ।