28.1 C
Parāsi
Tuesday, May 17, 2022
spot_img

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण सेवा बिस्तार गर्दै सुस्ता गाउँपालिका।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पालिका भित्रका ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका पालिका भित्रका ७० वर्ष माथिका सवै ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने गरी यो कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकको सुगर, ज्वरो, रक्तचाप लगायतका रोगको जाँच गर्ने र जटिल प्रकारका रोगी भेटिए स्वास्थ्य संस्थामा जाने सल्लाह दिईने अध्यक्ष पाण्डेले बताउनुभयो । आगामी दिनमा रक्तचाप, मधुमेह लगायतका रोगका बिरामीलाई औषधी पनि उपलब्ध गराईने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमार्फत महिनाको दुई पटक घरमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कार्यविधि नै पारित गरेको छ । सेवामा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक झोला र स्वास्थ्य सामग्रीसहितको किट प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष पाण्डेको अध्यक्षता तथा १०३ वर्षीय ज्येष्ठ नागरिक सीताराम यादवको प्रमुख आतिथ्यमाा कार्यक्रम सम्पन्न भएको हो।

थप समाचार

ताजा खबर