22.1 C
Parāsi
Sunday, November 28, 2021
spot_img

५५ औ अन्तर्राष्ट्रिय सक्षारता दिवस मनायो रामग्राम नगरपालिकाले

परासी २३ भदाै ।रामग्राम नगरपालिकाद्वारा आयाेजित निबन्ध तथा वक्क्तत्वकला प्रतियोगिता बिजेतालाई पुरस्कार बितरण गरेकाे छ ।नगरपालिकाले ५५ औं अन्तर्राष्ट्रिय सक्षारता दिवस २०७८ काे अवसरमा वक्क्तत्वकला प्रतियोगिता बिजेतालाई पुरस्कार बितरण गरेकाे हाे ।

रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजित सक्षारता दिवसकाेअवसरमा पारि निबन्ध तथा वकतृत्वकला प्रतियोगिता प्रथमद्वितृया र तृतीय बिजेतालाई पुरस्कार बितरण गरिएकाे नगरशिक्षा अधिकारी रूद्र रेग्मीले जानकारी दिए ।

रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले निबन्ध तथा वकतृत्वकला प्रतियोगिता प्रथम द्वितृया र तृतीय बिजेतालाई पुरस्कार बितरण गरेका छन ।पुरस्कार बितरण गदै गुप्ताले अहिलेकाे नवयुगमा प्रबिधि युक्त शिक्षाकाे ज्ञान हुन जरूरि रहेकाे बताए ।प्रबिधि ज्ञान सहित शिक्षा आवश्यकता रहेकाे बताउदै प्रबिधि मैत्रि शिक्षा लिनुपर्ने आजकाे आवश्यकता भएकाे बताए ।

आनाैपचारिक शिक्षा संचालन भएपनि त्यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा गुप्ताले जाेड दिए ।उनले भने अझै पनि बालबालिकाहरू बिधालयकाे पहुँचबाट टाढा रहेका भन्दै ती बालबालिकाहरूलाई बिधालयकाे पहुँचमा ल्याउन नगरपालिकाले अभियान चलाएर बिधालयकाे पहुँचमा ल्याउन काम गरिरहेकाे बताए ।

रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी रूद्र रेग्मीले सबैलाई नगरिकलाई प्रबिधि युक्त साक्षरता बनाउनुपर्नेमा जाेड दिएका छन ।सिपमुलक र प्रबिधिमुलक युक्त साक्षरता कक्षा संचालन गर्नुपर्ने रेग्मीले बताए ।उनले भने नवलपरासी जिल्ला साक्षार घाेषण जिल्ला भएकाेले यसकाे कार्यन्वनमा जाेड दिनुर्पछ ।

निबन्धतर्फ उत्तम बालहित मावि उजैनिका लक्ष्मी हरिजन प्रथम हुनेलाई तीन हजार प्रमाणपत्र,द्वितीय हिलाेरियम चिल्ड्रेन एकेडेमी धर्म राज चाैधरीलाई दुई हजार प्रमाणपत्र ,र तृतीय लिटिल एन्जल्स परासीका सयाेड्गका खडकालाई एकहजार प्रमाणपत्र पुस्कार बितरण गरिएकाे
रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सुन्दर खनालले जानकारी दिए ।उनकाे अनुसार वक्क्तत्वकला प्रतियोगितामा उत्तम बालहित मावि उजैनिका महिमा बेल्दार प्रथम हुनेलाई तीन हजार ,प्रमाणपत्र जनता मावि देवगाउका रकिबुन अन्सारी द्वितीयलाई दुई हजार,प्रमाणपत्र तृतीय अर्दश माबि परासीका प्रिति बानियाँ एक हजार प्रमाणपत्र र तृतीय लिटिल एन्जल्स परासीका सृष्टि पाैडेललाई एक हजार प्रमाणपत्र बितरण गरिएकाे बताए ।

सामुदायिक बिधालयकाे तर्फबाट निबन्धमा९ जना बिधर्थी,र संस्थागत बिधालयकाे तर्फबाट निबन्धमा ३ जना सहभागी थिए भने वक्क्तत्वकला प्रतियोगितामा ११ जना बिद्यालयकाे सहभागिता रहेकाे जसमध्ये संस्थागत बिद्यालयबाट ३ जना बिधर्थी र सामुदायिक तर्फबाट ८ जना बिधर्थीकाे सहभगिता रहेकाे थियाे ।

साक्षरता दिवसकाे अवसरमा रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट हुने गतिविधिबारे शैक्षिक बुलेटिन पनि बिमाेजन गरिएकाे थियाे ।बुलेटिनमा विभिन्न शैक्षिक गतिविधि र बजेटकाे बिषयमा समाबेश गरिएकाे रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा नगरशिक्षा अधिकारी रेग्मीले जानकारी दिए ।

थप समाचार

ताजा खबर