28.1 C
Parāsi
Tuesday, May 17, 2022
spot_img

सरावल गाँउपालिका चैत्र मसान्त सम्म कोभिड १९ विरुद्धको पुर्ण खोप घोषणा गर्ने तयारीमा

परासी, फागुन २४ ।

पश्चिम नवलपरासीको सरावल गाँउपालिकामा कोभिड १९ विरुद्ध खोपको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड १९ विरुद्धको खोपकोे कभरेजलाई बढाउदै पुर्ण खोप घोषणा गर्ने विषयमा अन्तरत्रिया भएको छ । पालिका भित्र रहेका सबै नागरीकहरु लाई कोभिड १९ को पहिलो र दोस्रोे खोपको मात्रा सुनिश्चित्ता सहित पालिका लाई यहि चैत्र मसान्त भित्र कोभिड पुर्ण खोप युक्त पालिका घोषणा गर्ने विषयमा अन्तरक्रिया भएको हो । सरावल गाउँ पालिकाको आयोजना तथा सुआहारा, तथा बेस नेपालको प्राबिधिक तथा आर्थिक सहयोगमा आज बसेको बैठकमा खोप नलगाएकाहरु को खोजपडताल सहित उनिहरुलाई खोपको दायरामा ल्याउने अबको रणनिति सहितको कार्ययोजना तयार पारीएको र भोलीबाटै घरघरमा। टोल टोलमा खोजपड्ताल अभियान सञ्चालन गर्ने बारेमा स्वास्थ्य शाखा प्रमुख ओम नारायाण देबकोटाले भन्नु भएको छ । कार्यक्रममा सहजिकरण गर्दै बेस नेपाल सुआहाराका बरिष्ठ कार्यक्रम संयोजक कृष्ण गुरुङ्गले प्रदेश, जिल्ला र पालिकाहरुको खोपको तथ्याङ्ग वारे चर्चा गर्नु भएको थियो । उहाँले पालिका भित्र रहेका कुल जनसंख्यामा कतिले पहिलो, दोस्रो र बुस्टर डोज लगाएको भन्ने वारेमा तथ्याङ्गगत प्रस्तुत गर्दै गाउँ पालिकाहरुमा सरावल गाउँ पालिका प्रथम रहेको तर पनि अभै १२ प्रतिशतले प्रथम र १७ प्रतिशतले दोश्रो मात्रा लगाउन बाँकी रहेको कुरा प्रस्तुत गर्नु भयो ।

यस्तै बेस नेपालको फिल्ड संयोजक शालिकराम पोखरेलले अब कति छिटो सरावल गाँउपालिकालाई कोभिडको १९ को पुर्ण खोप पालिका घोषणा गर्न सकिन्छ त्यसको लागि कार्ययोजना वारे छलफल गराउनु भएको छ । कार्यक्रममा उपस्थित भएका स्वास्थ्य चौकी प्रमुहरुले आफ्नो सुझाव सहित चैत्र महिना भित्र पालिकालाई कोभिड १९ को पुर्ण खोप घोषण गर्न सकिने बताएका छन् । आजको अन्तरक्रियाले कार्ययोजना बनाउँदै पालिका भित्र रहेका सबै उद्योगहरुको सर्वे गरी त्यहाँ भएका सबै कर्मचारी तथा कमदारहरु लाई खोप लगाउने र डोर टु डोर सर्वे गरी गाँउटोलमा छुटेकाहरु लाई खोप लगाउने वारे पालिकाले रणनिति नै बनाएको छ । गाँउपालिका को स्वास्थ्य शाखा प्रमुख ओमनारायाण देवकोटाको अध्यक्ष्तामा भएको कार्यक्रमा प्रमुख अतिथि गाँउपालिका अध्यक्ष राधेश्याम चौधरीले शुभकामना मन्त्व्यसहित हामि जसरी भएपनि चैत्र मसान्त सम्म पालिका लाई कोभिड १९ पुर्ण खोप घोषणा गर्ने बताउनु भएको छ । यसको लागि पालिकाले आजकै दिन देखि यस कार्यमा लाग्ने समेत बताउनु भएको छ ।

कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य समाजिक व्यक्तिहरु र स्वास्थ्यकर्मिहरुको उपस्थिति रहेको थियो ।

थप समाचार

ताजा खबर