18.8 C
Parāsi
Tuesday, January 18, 2022
spot_img

समुदायमा संक्रमण देखिएपछि नवलपरासीमा निषेधाज्ञा

परासी, ३० साउन ः समुदायमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न पाईने छैन । निषेधाज्ञा साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गतेसम्म लागू हुने छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जारी गरेको निष्
ोधाज्ञामा सरकारी एंव बैंक तथा वित्तिय संस्थाहरुमा विद्युतिय सेवा बाहेक सर्वसाधारणको उपस्थितमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । अनावश्यक रुपमा हिडडुल गर्न समेत रोक लगाइएको छ । धार्मिक स्थलहरुमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । चाडपर्व घरमै मनाउन भनिएको छ ।
एक पालिकाबाट अर्को पालिकामा अत्यावश्यक काम बाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
पछिल्लो पटक समुदायमै संक्रमणको जोखिम अझ बढी बढ्न सक्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
जिल्लामा ५ सय १६ जनाको समुदाय स्तरमा कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । पछिल्लो पटक जिल्लामा ४ जनामा पोजेटिभ देखिएको छ । हालसम्म जिल्लामा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ३० छ । समुदायमा कोरोना संक्रमण देखिएपछि अहिले पालिकाहरुले पनि परीक्षण कार्यलाई बढाउन थालेका छन् ।

थप समाचार

ताजा खबर