35.1 C
Parāsi
Sunday, July 3, 2022
spot_img

वक्तृत्व कला प्रतियोगिता र विभिन्न क्षेत्रमा काम गरेका महिला लाई सम्मान गरि रामग्रामले मनायो नारी दिवस।

आज पश्चिम नवलपरासी सहीत नेपाल र विश्वभर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइयो ।
आज रामग्राम नगरपालिकाले पनि सोहि आवसरमा एक कार्यक्रम गरि अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
उक्त कार्यक्रममा १० ओटा बिधालय ले वक्तृत्व कलामा सहभागिता जनाएका थिए भने विभिन्न छेत्रमा काम गर्ने महिलाहरु सम्मानित भएका छन ्। नारी दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
वक्तृत्व कला प्रतियोगितामा जनता मा बि देवगाउँ कि रबिकुन अन्सारीले प्रथम स्थान सहित नगद रु ५००० प्राप्त गरिन ,तेस्तै उत्तम बालहित मा बि उजैनी कि महिमा बेल्दारले नगद रु ३००० प्राप्त गरिन। जनता मा बि डैनहवाकी महिमा पासीले तृतीय स्थान प्राप्त गरेर नगद रु २००० प्राप्त गरिन। तस्तै राष्ट्रिय मा बि पन्डितपुरकी रन्जु यादव ले नगद रु १००० प्राप्त गरिन । सम्पूर्ण विजयी प्रतियोगिलाई नगद रकम सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसकै आवसरमा विविन्न क्षेत्रमा काम गरेका महिला लाई पनि आजै दोसल्ला ओढाइ प्रमाण पत्र सहित सम्मान गरिएको थीयो ।समानित हुनेहरुमा रामग्राम १५ की स्वास्थ्य स्वयंसेविका शान्ति पाण्डे ,रामग्राम ३ कि पूर्व शिक्षीका तारा शर्मा ,रामग्राम ४ की एकल महिला अनूपा कोहार , रामग्राम १६ कि चन्द्र ज्योति पाल,रामग्राम १४ कि मीरा हरिजन ,रामग्राम ६ कि सावित्री गुप्ता,रामग्राम २ कि कलिबुन निशा ,रामग्राम १८ कि नारायणी गढ़तौला र रामग्राम १७कि सुकदेइ थरुनी लगायत मजदुर महिला सहित १० जना लाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शुभकामना प्रदान गर्नेहरुमा महिला मानब अधिकार रक्षक सम्झना चौधरी ,रामग्राम नगरपालिका कार्यपालिका सदश्य चन्द्र कुमारी न्यौपाने ,एकल महिला अध्यक्ष बिष्णु थापा ,लिटिल एन्जलकी शिक्षीका बिन्दु पाण्डे ,लगायत ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुवरले बिषेश गरेर ग्रामिण क्षेत्रका महिला जसले साझ बिहान को काम गरेर श्रम गरी छोरा छोरि पाल्ने र दैनिकी चलाउने गर्छन उनीहरुनै सम्मानका पात्र भएका छन् र रामग्राम नगरपालिकाले गरेको हरेक काममा लैंगिक समानता भएको उहाले बताउनु भएको छ। उहाले महिला माथि भएको दमन सहेर नबस्न र समस्या परेमा तत्काल न्यायिक  समितिमा आउन पनि आग्रह गर्नु भएको छ ।
कार्यक्रम को अध्यक्षता रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुवर र प्रमुख आतिथी रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता रहनु भएको थियो भने कार्यक्रमका बिशिस्ट अतिथि रामग्राम नगरपालिका नि प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मी रहनु भएको थियो , कार्यक्रम संचालन महिला तथा बालबालिका शाखा प्रमुख तारा देवी अर्यालले गर्नु भएको थियो ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । सो मितिमा पहिलोपटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

थप समाचार

ताजा खबर