35.1 C
Parāsi
Sunday, July 3, 2022
spot_img

रामग्राम नगरपालिकाद्वारा कोभिड-१९ मृतक २० परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग‌

पश्चिम नवलपरासी‌को ७ स्थानिय तह मध्य पहिलो रामग्राम नगरपालिकाले नगरपालिका भित्र कोभिड-१९ का कारणले मृत्यु भएका परिवारहरूलाई नगद २५ हजारको दरले आथिक सहयोग‌ प्रदान गरेको छ ।
रामग्राम नगरपालिका‌ले‌ आज एक कार्यक्रम गरी कोभिड-१९ को कारणले ज्यान गुमाएका २० परिवारहरूलाई नगद २५ हजारको दरले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले हस्तान्तरण गरेका थिए।
जिल्लामा सात वटा स्थानीय तहहरु भए पनि रामग्राम नगरपालिकाले पहिलो पटक कोभिड-१९को कारणले ज्यान गुमाएका परिवारहरूलाई राहत स्वरुप नगद २५ हजार को दरले आथिक सहयोग‌ प्रदान गरेको छ ।‌ नगद रकम प्रदान गदै नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नगरपालिका सधैँ भरी नगरबासीको दुख सुखमा साथ रहेको बताए ।
उनले कोभिड-१९ को बेलामा आफ्नो नगरबासीहरुलाई कोभिडबाट बचाउनको निम्ति सचेतामुलक सन्देश प्रसारण कोभिडबाट बाँच्ने उपायहरूको बारे स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी न्यूनिकरण गर्न आवश्यक पहल गरेको बताए । नगर प्रमुख गुप्ताले कोभिड-१९ को कारणले मृत्यु भएका परिवारहरूलाई चेक नदिई नगद नै रु. २५ हजार रकम प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेब अनिल खड्काले जानकारी दिए ।
नगरपालिकाले नगर क्षेत्रमा कोभिड-१९को कारणले मृत्यु भएका परिवारलाई आन्तरिक स्रोतबाट प्रति परिवार नगद रु. २५ हजारको दरले परिवारहरूलाई प्रदान गरिएको रामग्राम नगरपालिका लेखा अधिकृत संजय शर्माले बताए ।
नगर क्षेत्रमा कोभिड-१९ को कारणले मृत्यु भएका ३८ जना को मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका हेअ सुरज हरिजन गौतमले जानकारी दिए । उनको अनुसार नगरपालिकामा ३८ जनाको कोभिड १९ को कारण मृत्यु भएको जसमध्ये २० जना निवेदन आएको बाँकी १८ जना निवेदन अनुसार क्रमशः नगद रकम प्रदान गर्दै जाने बताएका छन् ।

थप समाचार

ताजा खबर