28.1 C
Parāsi
Tuesday, May 17, 2022
spot_img

बर्दघाट नगरपालिकाको नवौँ नगर सभा सम्पन्न ।

बर्दघाट,फागुन–१
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले दुईवटा विधेयक पारीत गर्दै आफ्नो नवौँ नगर सभा सम्पन्न गरेको छ ।
नगर सभाबाट बर्दघाट नगरपालिकाको स्वास्थ्य तथा सरसफाई बिधेयक २०७८ र बर्दघाट नगरपालिकामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा ब्यवस्थमा गर्न बनेको विधेयक २०७८ पारित गर्दै नगर सभा सकिएको थियो ।
बर्दघाट नगरपालिकामा अहिले सम्म ऐन,नियमावली,कार्यविधि र मापदण्डहरु सबै गरी ५९ वटा पारित भैसकेको बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले बताउनु भएको छ ।
आज भएको नवौँ नगर सभामा बर्दघाट नगरपालिका नगर प्रमुख तथा सभाध्यक्ष धिरज शर्मा बस्यालले विगत साढे ४ बर्षको अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।
नगर प्रमुख बस्यालले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा भौतिक पुर्वाधार, कृषि सहकारी, पशु, घरेलु तथा लघु उधम र पुर्वाधार विकासको क्रियाकलाप मार्फत रोजगारी सृर्जना गरीएको र स्वास्थ्य संस्थाहरुको सबलीकरणसंगै गुणस्तरिय शिक्षाप्रदान गर्न नगर सफल भएको उल्लेख गरीएको थियो ।
त्यसैगरी शिक्षा,खानेपानी तथा सरसफाई लगाएतका थुप्रै योजनाहरुलाइ प्राथमिकता दिएर कार्य गरीएको उल्ल्ेख गरीएको छ ।


त्यसैगरी
नगर उप प्रमुख माया देवी पौडेलले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा हाल सम्म बर्दघाट नगरपालिकाले नगरमा ७२ जना मेलमिलापकर्ता सुचिकृत गरी कार्य सम्पादन गरेको उल्ल्ेख गरीएको थियो । आफ्नो कार्यकालमा २ सय ३१ व्टा उजुरीहरु न्यायिक समितिमा आएको प्रतिबेदन उप–प्रमुख पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले यस आ.ब.२०७८/०७९ को समग्र आम्दानी तथा सञ्चीत कोष करिव ५ करोड हुने अनुमान गरेकोमा अहिले गत पौष मसान्त सम्म २ करोड ७८ लाख ४ हजार ६ सय ४९ रुपैया प्राप्त भैसकेको प्रतिवेदन नगर सभामा प्रस्तुत गर्नु भएको थियो ।
योजना तर्फ भने गत वर्षका ३४ वटा अधुरा ठेक्का पट्टाका योजनाहरु मध्ये २७ वटा सम्पन्न् गरेको बताउनु भएको थियो भने ठेक्का पट्टाका १६ वटा आयोजना सम्झैता भएको र ४ वटा संझौताको चरणमा रहेको बताउनु भएका छ ।
त्यस्तै उपभोक्ता समिति मार्फ गरीने योजनाहरु ऋहिले १ सय ९२ वटा सम्झौता भै कायान्वयनकै क्रममा रहेको जानकारी गराउनु भए

थप समाचार

ताजा खबर