27.4 C
Parāsi
Wednesday, August 10, 2022
spot_img

प्रतापपुर गाउँपालिका पुर्ण खोप सुनिश्चिता घोषणा

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकालाइ एक कार्यक्रमका बिच विहीबार पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। पुर्ण खोप सुरक्षित भविष्य कोभिड १९ विरुद्ध तथा नियमित खोप पुर्ण सुनिश्चितता भन्ने मुल नाराका साथ आयोजना गरिएको घोषणा समारोहमा गाउँपालिका अन्तर्गतका जननिर्वाचित प्रतिनिधि स्वस्थ्यकर्मी र महिला स्वयम सेविकाहरुको उपस्थिति रहेको थियो। घोषणा समारोहमा खोप तथा नियमित खोप कार्यक्रममा प्रत्यक्ष रुपमा सहयोग गर्ने संघ संस्था र स्वाथ्यकर्मीहरु गरि कुल दुई दर्जन व्यक्तिहरुलाइ कदर पत्र सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनु भएको छ। ५४ हजार जनसंख्या रहेको प्रतापपुर गाउँपालिकामा खोप लगाउन मिल्ने उमेर समुहका व्यक्तिलाई स्वास्थ्य मापदण्ड अन्तर्गत खोप लगाइएको जनस्वास्थ्य अधिकृत कुन्दन सिहले बताउनु भयो। पश्चिम नवलपरासीको सुनवल,सरावल र सुस्ता गाउँपालिकामा यस पुर्व नै पुर्ण खोप सुनिश्चितताको घोषणा भैसकेको जानकारी गराइएको थियो। प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा आयोजित घोषणा समारोहमा जिल्ला समन्वय समितिको अध्यक्ष भगवती यादव,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल लगायतले पुर्ण खोप घोषणाको महत्वमाथी प्रकाश पार्नु भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति रुप कुमार क्षेत्री,जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कडेल र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

थप समाचार

ताजा खबर