परिवार नियोजनको अस्थायी साधनका रुपमा नेपालमा अर्को नयाँ साधन पनि आएको छ। सायना प्रेस नामक तीन महिने सुई नेपालमा पनि भित्रिएको हो।यो नयाँ ईन्जेक्शन साधन (सुई) आएको र यो डिपोप्रोभेरा भन्दा निकै प्रभावकारी र सजिलो संघका निमित्त कार्यालय प्रमुख यमनाथ पौैडेलले जानकारी दिनु भयो । हरेक तीन महिनामा लगाउनुपर्ने याे साधन तिघ्रा ,पाखुरा र पेटमा लगाउन सकिनेछ।
सन २०१९ देखि २०२० सम्म २८ संस्थाको समन्वयमा ७ सय ९४ महिलाहरुमा परीक्षण गरिएको थियो । सिन्धुली र नवलपुरमा गरिएको पाईलटिङको क्रममा धेरै प्रभावकारी (असफल दर १ प्रतिशत)मात्र रहेको अनुमान छ। एफडब्लुडीले प्रमाणित गरेपछि सेवा शुरु गर्न लागेको हो ।
नेपाल सरकारले ७ जिल्लामा शुरुवात गर्ने तयारी गरेको छ । यसैगरी नवलपरासी, ललितपुर, रुकुम पुर्व, सिन्धुली, पर्सा र कैलालीमा शुरु हुने छ । परिवार नियोजनका देशभरका साखाहरुमा यो सेवा संचालन हुने उनले बताइन । रुकुम, नवलपरासीसहित संघका शाखाहरुबाट सेवा सुरु हुने भएको हो ।
अस्थाई परिवार नियोजनको साधनको रुपमा डिएमपिए (तीन महिने सुई) १५० एमजी हर्मोन प्रयोग हुन्छ भने सायना प्रेसमा १०४ एमजी प्रोजेक्टिक्स हर्मोन हुनु यसको सकारात्मक पक्ष हो । मात्राका हिसाबले यो कम प्रयोग हुन्छ । यो अटोमेटिक भायल भएर आउछ । आफै सेल्फ ईन्जेक्ट गर्न मिल्ने किसिमको छ तर नेपालमा भने सेवा लिने रुपमा छ । डिएमपिए मासुका लगाइन्थ्यो भने सायना प्रेस बोसोमा लगाईन्छ ।
यसलाई गर्भवति नभएकी महिलाले लगाउन मिल्छ । महिनावारी भएको सात दिन, बच्चा भएको ४२ दिनपछि लगाउन मिल्छ । यो ईन्जेक्सन हातको पाखुरा, नाईटोको बाहिरी भाग र खुट्टाको तिघ्रामा लगाउन मिल्छ । एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रोकिने उन्छ । महिनावरी नियमित नहुने, तौल घट्नेबढ्ने, यौनचाहना घटबढ गराउने जस्ता साईड ईफेक्ट देखिन सक्ने समभावना भने रहने उनले बताईन । यसको प्रयोगका लागि अहिलेसम्म ४० भन्दा बढि देशमा रजिस्टार भएको उनले बताईन ।
नयाँ प्रयोग बारे जानकारी दिन आइतबार आयोजित अभिमूखिकरणमा संघले पहिलेभन्दा सेवाग्राहीको रुचि र चाहना परिवर्तन भएको जानकारी गरायो ।
नेपाल सरकारले कृपा प्रोजेक्ट मार्फत नेपाल परिवार नियोजन संघलाई परिचालन गर्दै यो सुई सेवा ग्राहि महिलासम्म पु¥याउने उद्देश्य अनुरुप यस जिल्लामा लन्च गर्न लागेको छ । अभिमुखीकरण कार्यक्रममा सुइको फोकल पर्सन तथा संघको सिनियर अनमी अन्जनी श्रेष्ठले यस सुईको विशेषताका बारेमा जानकारी दिदै यो सुई परिक्षण भई प्रयोगमा आईसकेको र यस जिल्लामा आगामी जनवरी महिनाबाट शुरु गरिने बताउनु भयो । उहाँले, यो सुई महिलाले पहिलो पटक लगाउदा महिनावारीको ७ आंै दिनभित्र लगाउनु पर्ने र दोश्रो डोज सुई लगाएको ३ महिना पछि लगाउन सक्ने यसको स्वास्थ्य मापदण्ड रहेको बताउनु भयो । ३ महिनासम्म गर्भ रोक्न लगाउने यस सुईले महिलाको पाठेघरको मुखबाट निस्किे श्रावलाई बाक्लो बनाउने, डिम्ब निस्कासन हुन नदिने र पाठेघरको भित्री परतलाई पात्लो बनाउने हुँदा ३ महिनासम्म गर्भ नरहने श्रेष्ठको दावी छ ।