32.9 C
Parāsi
Sunday, July 3, 2022
spot_img

निःशुल्क आँखा उपचार शिविरबाट २५० बढी लाभान्वित।

परासी, २० जेठ ।  । नेपाल नेत्र ज्योती संघ डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा रामग्राम जेसीज वर्ष २०२२ को आयोजनामा  आज वृहत निःशुल्क् आँखा शिविर कार्यक्रम  सम्पन्न भएको छ । रामग्राम नगरपालिका वडा नं. १५ शुक्रौलीमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा २५० बढीले निःशुल्क आँखा जाँच गरिएको रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल उपाध्यायले जानकारी दिनुभयो । जसमध्ये ८० जनामा मोतिविन्दु फेला परेको र उनीहरु सबैको डा.विनोद निता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया तथा औषधी र चश्माको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।जनता मावि शुक्रौलीमा आयोजना गरिएको उक्त शिविरमा अस्पतालका नेत्र विशेषज्ञ नेत्र मगरको नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो ।
कार्यक्रमकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले जेसीजले युवाहरुको नेतृत्व व्यक्तित्व विकासँगै सामाजिक कार्यमा अग्रहणी भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
उक्त अवसरमा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल, रामग्राम वडा नं. १५ का वडा अध्यक्ष धनपत यादव, वडा नं.१६ का वडा अध्यक्ष विजय यादव, जनता मावि शुक्रौलीका प्रधानाध्यापक ईन्द्रकमल यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संयोजक एवं रामग्राम जेसीजका उपाध्यक्ष सुनिल कुमार यादवको स्वागत तथा सहकोषाध्यक्ष निरज ज्ञवालीको सञ्चालन रहेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रामग्राम जेसीजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

थप समाचार

ताजा खबर