सफल डाईग्नोष्टिक सेन्टर प्रा लि ले रामग्राम नगरपालिकाको परासी क्षेत्रबाट पहिलो पटक थाईराईड ल्याब सञ्चालनमा ल्याएको छ । थाईराईड परीक्षणका लागि सेम्पल बुटवल, काठमाडौँ पठाउन पर्ने बाध्यतालाई मध्यनजर गर्दै परासीस्थित सफल डाईग्नोष्टिक सेन्टर प्रालिले पहिलो पटक अत्याधुनिक र सुविधासम्पन्न प्रयोगशाला थाईराईड परीक्षणका लागि ल्याब सञ्चालनमा ल्याएको हो ।
थाईराईड मेसिनको आज बिहान एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले संयुक्त रुपमा शुभारम्भ गरे ।
परीक्षणको रिर्पाेट पनि एक घण्टामै उपलब्ध हुनेछ र सुल्क पनि अरु भन्दा थोरै रहेको प्रो बलिराम कोइरीle जानकारी गराउनु भएको थीयो ।