35.1 C
Parāsi
Sunday, July 3, 2022
spot_img

गाउँपालिका अध्यक्षले दिए कर्मचारीलाई पचास हजार

परासी । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक)ले आफूले पाएको एक महिनाको सेवासुविधा बापतको रकम गाउँपालिकाका एक कर्मचारीलाई दिएका छन् । अध्यक्ष गुप्ताले गाउँपालिकामा कार्यरत विपत व्यवस्थापनका फोकल प्रसन प्रदीपकुमार तिवारीलाई आफूले पाएको एक महिनाको सेवासुविधा बापतको रकम दिएका हुन् ।
अध्यक्ष गुप्ताले आफूले पाएको एक महिनाको सेवासुविधा बापतको पचास हजार पाँच सय रुपैयाँको चेक कर्मचारी तिवारीलाई दिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
उनका अनुसार बिपद व्यवस्थापनको क्षेत्रमा राम्रो काम गरेको र अन्य अरू शाखाको पनि काममा सघाउने प्रशंसनीय कार्य गरेको भन्दै विपत व्यवस्थापनका फोकल प्रसन प्रदीपकुमार तिवारीलाई उनले व्यक्तिगत रूपमा रकम प्रदान गरेका हुन् ।
यसअघि अध्यक्ष गुप्ताले गत वर्ष आफ्नो व्यक्तिगत रूपमा २० हजार पर्ने मोबाइल उनै कर्मचारीलाई दिएका थिए ।
विपत व्यवस्थापनका फोकल प्रसन प्रदीपकुमार तिवारीले अध्यक्ष गुप्ताले मेरो कामको मूल्यांकन गरेर दिएको भन्दै काममा थप हौसला बढेको र काम गर्ने मनोबल बढेको बताए ।
उनले अध्यक्ष गुप्ताले दिएको रकमले काममा थप जिम्मेवार बनाएको बताउँदै अध्यक्षलाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

थप समाचार

ताजा खबर