35.1 C
Parāsi
Sunday, July 3, 2022
spot_img

किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

    रामग्राम नगरपालिकाको सुक्रौली स्वास्थ्य चौकीको सभाहलमा आज किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ ।रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा रामग्राम नगरपालिका भित्रका ५ वटा बिध्यालयका २० जना किशोर किशोरीको सहभागिता रहेको थियो । कार्यक्रममा रामग्राम नगरपालिकाकी उप प्रमुख सम्झना चौधरीले किशोर किशोरी को अवस्थामा आउने परिवर्तनको बारेमा खुलेर छलफल गर्नुपर्ने बताउनु भयो ।कार्यक्रममा धूम्रपान ,मध्यपान ,प्रजनन स्वस्थ्य ,महिनाबारी ,HIV एड्स लगायत को विषयमा अभिमुखिकरन भएको थियो ।कार्यक्रममा रामग्राम नगरपालिकाका स्वस्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजन र सुक्रौली स्वास्थ्य चौकीको सिनीयर अ हे ब बलराम सापकोटाले प्रजनन स्वस्थ्य को बारेमा प्रशिक्षण दिनु भएको थियो ।

मानव जीवनको विभिन्न अवस्था मध्य बाल्य अवस्थापछि लगत्तै एउटा अवस्था सुरू हुन्छ जुन बाल्य अवस्था पुरा भएको तर वयस्क अवस्थामा प्रवेश नगरेको १० देखि १९ वर्ष उमेर समुहका किशोर किशोरीहरूलाई किशोरावस्था भनिन्छ । यस अवस्थामा शारीरिक,मानसिक र सामाजिक परिवर्तन भई अन्तमा किशोर किशोरीहरू वयस्क अवस्थामा प्रवेश गर्दछन् । किशोर अवस्था विशेष एवं संवेदनशिल अवस्था हो । यस समयमा शारीरिक, मानसिक र मनोसामाजिक परिवर्तन भैरहेको हुन्छ। यस अवस्थामा यौन तथा अन्य कुराहरूमा बढि उत्सुकता हुने हुँदा ती कुराहरूमा अनुभव गर्न खोज्ने क्रममा असुरक्षित यौन सम्पर्क तथा अन्य कतिपय जोखिमपूणर् कृयाकलाप हुन सक्दछन् । तसर्थ किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा परिवार, समुदाय, विद्यालयमा विशेष महत्व दिएर कुरा गर्न आवश्यक छ । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा यथार्थ जानकारी गराउनु स्वास्थ्यकर्मी, अविभावक, शिक्षक, समुदाय र राज्यको दायित्व हो । यौन तथा प्रजनन अधिकारहरू अधारभूत मानव अधिकार हुन । मानवले पाउनु पर्ने अधारभूत स्वतन्त्रता र मानव सम्मान नै मानव अधिकारको रूपमा परिभाषित गर्न सकिन्छ । कुनै पनि मानिस जन्मनासाथ यि सबै अधिकारहरु स्वतः प्राप्त हुन्छन ती मानव अधिकार सबैका लागि समान रहन्छन् । यौन तथा प्रजनन् स्वास्थ्य अधिकार भनेको कुनै पनि व्यक्तिको सर्वसुलभ र पहुँच योग्य स्वास्थ्य सेवा सुविधा पाउने मौलिक अधिकार हो जसले यौन तथा प्रजनन् अधिकारको उपभोग सुनिश्चित गर्दछ । सबै देशहरूले यि अधिकारहरूलाई अनुमोदन गरी अधिकारको रक्षा गर्न प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन् । महिलाले पनि प्रजनन् स्वास्थ्यलाई बोझ तथा समस्या नठानी प्रजनन् सेवा पाउनु महिला तथा किशोरीहरूको अधिकार हो भन्ने ठान्नु पर्दछ ।

थप समाचार

ताजा खबर