32.9 C
Parāsi
Sunday, July 3, 2022
spot_img

एनएमबि बैंक परासीद्वारा बित्तीय साक्षरता कार्यक्रम

परासी। चैत्र ११ गते।
  एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय रूपमा मनाउदै  आइरहेको ” ग्लोबल मनि विक २०२२ ” को अवसरमा एनएमएमबि बैंक रामग्राम परासीले रामग्राम स्थित परासी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नु भएकोथियो । 
 उहाले बैंकको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग,  फ्रड र फ्रडबाट  सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त   सन्सारभरभाट खाता खोलिने सुबिधा,  शेयरब्कारोबार, बैंकले प्रदान  गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गर्नुभएको थियो ।  
कार्यक्रममा परासी क्याम्पसका सप्राचार्य गोविन्द न्यौपानेले क्याम्पसका युवा विद्यार्थी  एवं  शिक्षक/ प्राध्यापकहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा हार्दिक कृतज्ञ हुदै कार्यक्रमले बित्त सम्बन्धि  कुरा आफुहरुलाइ सिकाएकोमा एनएमबि बैंकको सराहना गर्न भएको थियो ।
एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल  तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर  एसियाको उपाधी चुम्न सफल भएको थियो ।
कार्यक्रममा बैंकका कर्मचारी डिबि कठयात, चिरञ्जीवी पौडेल, काशिराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारीको उपस्तिथि रहेको थियो ।

थप समाचार

ताजा खबर