लुम्बिनी सेरोफेरो

मधेशी मोर्चाका मागबारे लिखित रुपमै साझा धारणा बनाउने सहमति

User Rating:  / 0

माघ २ - प्रमुख तीन दलले आन्दोलनरत मधेशी मोर्चाका मागबारे लिखित रुपमै साझा धारणा बनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेता र कार्यदलका सदस्यसहितको बैठकले आइतबारसम्ममा लिखित रुपमै मोर्चाका मागबारे ३ दलको साझाधारणा बनाउने समझदारी गरेका हुन् । मोर्चासँग आउँदो मंगलबार अघि नै सहमति गरि मोर्चालाई पनि संविधान संशोधन प्रक्रियामा सहभागि गराउन प्रयत्न गरिरहेका ३ दलले त्यसका लागि मोर्चाका सवै ११ वटै मागबारे लिखित रुपमै धारणा बनाउने बताएका हुन् । तर उनीहरुले यसअघि पटकपटक मोर्चाका मागबारे साझा धारणा बनाउने बताएपनि यस्तो धारणा भने बनाउन सकेका छैनन् । शनिबारको बैठकमा मोर्चालाई सहमतिमा ल्याएर संविधान संशोधनमा सहभागी गराउने विषयमा पनि छलफल भएको बताएका छन् ।मोर्चाको ११ बुँदे मागमध्ये धेरैजसो पुरा भएको र हुने क्रममा रहेकाले सीमाङ्कनको विषयलाई कसरी सम्बोधन गर्ने र त्यसबारे मोर्चालाई आश्वस्त पार्ने भाषाका बारेमा दुवै पक्षको कार्यदलको बैठकपछि थप छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सहमतिमा ल्याई उनीहरुको समेत हस्ताक्षरमा आगामी ५ गतेको संसदको बैठकमा संशोधन गरिने गरि तयारी भइरहेको बताउनुभयो । उहाँले मोर्चाका मागलाई संविधानको अनुसूचीमा राख्न पनि तीनै दल सहमत भएको बताउनुभयो । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ५ गते अघि नै सहमति खोज्ने गरी छलफल केन्द्रित गरिएकाले चाँडै सकारात्मक परिणाम आउने बताउनुभयो । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मोर्चाका मागबारे बुँदागत रुपमै लिखित रुपमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्नेमा छलफल भएको बताउनुभयो । बैठकमा कार्यदलका सदस्यले कार्यदल तहमा भइरहेको छलफलबारेपनि शिर्ष नेतालाई जानकारी गराएका थिए ।

कक्षा ११ को परीक्षाफल सार्वजनिक ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

User Rating:  / 0

पुस ३०, २०७२- उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माध्यमिक परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले बताए ।

कक्षा ११ को परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उत्तीर्ण भएको शर्माले बताए । जसमा ४ परिक्षार्थीको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको परिषद्ले जनाएको छ ।

आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० परीक्षार्थी सहभागी मध्ये ४३ हजार ९ सय ८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उनले बताए । आंशिक परीक्षार्थी मध्ये ५ को परीक्षा स्थगित गरिएको छ भने ३५ को परीक्षाफल रद्ध भएको परिषद्ले जनाएको छ ।

गतवर्ष ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले बताए । कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो ।

 

More Articles...