Sports

दृष्टिविहीन राष्ट्रिय खेलमा सहभागी बन्दै

User Rating:  / 0

बेलौरी (कञ्चनपुर), २९ माघ - पहिलो पटक कञ्चनपुरका दृष्टिविहीनले राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् । फागुनको पहिलो हप्तादेखि राजधानीमा हुने दृष्टिविहीनहरुको राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक कञ्चनपुरका दृष्टिविहीनहरुको टिम पनि सहभागी हुने भएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घका कञ्चनपुर सम्पर्क व्यक्ति उपेन्द्र खडायतले कञ्चनपुरका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरु पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको जानकारी दिनुभयो । महासङ्घ कञ्चनपुरका अनुसार कञ्चनपुर दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष बलराम पन्तको नेतृत्वमा १५ खेलाडी मङ्गलबार राजधानी प्रस्थान गरेका छन् । अध्यक्ष पन्तले सिङ्गो सुदूरपश्चिमकै प्रतिनिधित्व हुने गरी कञ्चनपुर दृष्टिविहीन क्रिकेट सङ्घले विगतदेखि विभिन्न प्रतियोगितामा खेल खेले पनि यस पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएको बताउनुभयो ।