लुम्बिनी सेरोफेरो

नवलपरासी टुक्रिदा एउटा क्षेत्र खुशी अर्कोमा बन्द

User Rating:  / 0

काठमाडौ, श्रावण २५ - प्रदेश सिमाङ्कनमा नवलपरासी जिल्ला टुक्रयाइदा आइतबार कावासोती र गैंडाकोट क्षेत्रमा खुशी मनाइएको थियो । नवलपुर र परासी जोडे बनाइएको यो जिल्लाको दाउन्ने पूर्वका बासिन्दाले पहिलेदेखि नै जिल्ला छुट्याउनु पर्ने माग गर्दै आएका थिए ।

तर, सोमबार परासी क्षेत्रमा भने जिल्ला टुक्रयाइएको विरोधमा बन्द गरिएको छ । प्रदेश जुनसुकैमा परे पनि जिल्ला टुक्रयाउन नहुने बन्दकर्ताको माग छ । यसको विरोधमा स्थानीयले जुलुशसमेत निकालेका छन् ।

 

प्रहरीको अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नवलपरासीमा

User Rating:  / 0

परासी, २३ साउन, नवलपरासीको रामनगरस्थित जर्गाहमा आजबाट नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको छ । प्लेन अपहरण, संसद्लगायत महत्वपुर्ण क्षेत्रको सुरक्षा, दैवी प्रकोपका बेला सुरक्षा मजबुत बनाउन जनशक्ति तयार गर्ने उद्देश्यले सो स्थानमा नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको हो । सो तालिम केन्द्रको एक कार्यक्रमबीच आज प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गर्नुभयो । लामो समयसम्म प्रहरी प्रधान कार्यालयमा रहेको सो केन्द्र हालै नवलपरासी ल्याइएको थियो । त्यस्तै प्रहरी महानिरीक्षक अर्यालले हतियार हेन्डलिङ पहिलो समूहको तालिम पनि उद्घाटन गर्नुभयो । तालिममा पाँचै विकास क्षेत्रका विभिन्न प्रहरी इकाइबाट दुईजना प्रहरी सहायक निरीक्षक, पाँचजना हवल्दार, ४३ जना प्रहरी जवान गरी ५० जना सहभागी रहने तालिममा नेपाल प्रहरीले प्रयोगमा ल्याएका सबै परम्परागत तथा आधुनिक हतियारसम्बन्धी प्रशिक्षण प्रदान गरिने लक्ष्य रहेको प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले बताउनुभयो । चौँतीस बिगाहा क्षेत्रफलमा फैलिएको उक्त तालिम केन्द्रको सो जग्गा २०७१ साल पुस १४ गते नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । तत्कालीन माओवादी लडाकु चौथो डिभिजनको सहायक शिविरको  रुपमा रहेको उक्त स्थानमा नेपाल प्रहरीको महा विश्वविद्यालय (तालिम केन्द्र) को औपचारिक शुभारम्भ गरिएको हो । 

More Articles...