Sports

अमेरिका भ्रमणमा बार्सिलोनाबाट मेसी र नेइमार आउट

User Rating:  / 0

साउन ३, एजेन्सी । कोपा अमेरिका कप फुटवल खेलेर फर्किएका अर्जेन्टाइन स्टार लियोनल मेसी र ब्राजिली स्टार नेइमार बार्सिलोनाले गर्न लागेको अमेरिका भ्रमणमा नहुने भएका छन् । दुवै स्टारलाई आराम दिएको बार्सिलोनाले अमेरिका भ्रमणमा लस एन्जलस ग्यालेक्सी, म्यानचेस्टर युनाइटेड र चेल्सीसँग प्रतिस्प्र्धा गर्दैछ । बार्सिलोनाले मेसी र नेइमारलाई कोपा अमेरिकाबाट फर्किएकाले आराम दिइएको बताएको छ । दुई स्टार खेलाडी नभएपछि बार्साको अग्रपंक्तिमा लुइस स्वारेजको नेतृत्व हुनेछ । 

 

टी–२० विश्वकप खेल्ने नेपालको सपना लगभग समाप्त

User Rating:  / 0

काठमाडौ । अर्को वर्ष भारतमा हुने टी-२० विश्वकपमा समावेश हुन संघर्ष गरिरहेको नेपाल प्रतियोगितामा सहभागी हुने संभावना कमजाेर भएको छ ।

टी-२० विश्वकप छनोटमा आज शुक्रबार पपुवा न्यूगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ । नेपालले अब जतिसुकै राम्रो खेलेपनि टी २० का लागि अघि बढ्न हङकङ बाहिरिनुपर्छ ।

समूहको चौथो स्थानमा रहँदा विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ ।

अन्तिम खेल खेल्नुअघि नेपाल ३ अंकका साथ पाँचौं स्थानमा छ भने समान अंक जोडेको हङकङ चौथो स्थानमा छ र उसले आयरल्याण्ड, नामिबिया र हङकङसँग खेल्न बाँकी छ ।

नेपालका कप्तान पारस खड्काले भने आशा अझै बाँकी रहेको बताएका छन् । खेलसकिएपछि बोल्दै उनले आगामी म्याचमा राम्रो गर्ने प्रयास जारी रहने बताए । खड्काले टसमा आफू भाग्यमानी नरहेको प्रतिक्रिया दिएका थिए ।

आयरल्यान्डको डब्लिनमा टस हारेर ब्याटिङ गरेको नेपालले १९.४ अाेभर ब्याटिङ गर्दै ९३ रन बनायो। जवाफी ब्याटिङमा आएको नेपाली पपुवा न्युगिनीले १४.१ अाेभरमा २ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो।

ओपनर प्रदीप ऐरी, सागर पुन र शरद भेषावकरबाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसक्दा नेपालले १०० रन समेत पूरा गर्न सकेन। नेपालका सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान दिएका थिए। सागर पुनले १५ रन बनाए भने ज्ञानेन्द्र मल्ल २ रमा पेभेलियन फर्किए। कप्तान पारस खड्काले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। ९ बलमा ५ रन बनाउँदा उनी आउट भए।

More Articles...