सुनको भाउमा १८ वर्षयताकै ठूलो गिरावट आउन सक्ने विश्लेषण

User Rating:  / 0
PoorBest 
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा १८ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आउन सक्ने अनुमान गरिएको छ। नेपाल लगायत अन्तर्राष्ट्रिय स्थानीय बजारहरुमा समेत यसको प्रभाव देखिने अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा विगत ५ सातादेखि सुनको भाउ घट्दै गएपछि जानकारहरु सुन अझै घट्ने बताउँछन्।
 
अमेरिकामा ब्याजदर बढ्न थालेमा सुनको भाउमा अझै गिरावट आउने जानकारहरुको ठम्याई छ। यदि अमेरिकामा व्याज बढेमा सुनको भाउ प्रतिऔंस १ हजार डलरभन्दा तल ओर्लिने गोल्डमेन सक्सको दावी छ। जानकारहरुका अनुसार यसको मतलव सुन सन् १९९७ को मूल्यभन्दा तल हुनेछ।