म्यानचेष्टर सिटी ईंगलिश प्रिमियर लिगको शीर्ष स्थानमा

User Rating:  / 0
PoorBest 

म्यानचेष्टर सिटी ईंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराती टोट्टनह्यामलाई १ का विरुद्ध ५ गोलले हराउँदै सिटी ५३ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा सर्जियो अगुएरो, याया टोरे, ईडिन जेको, स्टेभान जोभेटिक र भिन्सेन्ट कम्पनीले गोल गरे । यस्तै वेष्ट ह्यामसंग गोल रहित बराबरी गरी अंक बाँड्न बाध्य भएपछि चेल्सीले दोश्रो स्थानमा उक्लने अवसर गुमायो । प्रिमियर लिगकै अरु खेलमा सन्डरल्याण्डले स्टोक सिटीलाई १ शून्यले र एष्टन भिल्लाले वेष्ट ब्रोमलाई ३ का विरुद्ध चार गोलले हरायो ।