अब चित्त नबुझे ‘डिस्लाइक’:वर्षौं दखिको मानिसहरुले माग गरिराखेका थिए ।

User Rating:  / 0
PoorBest 

फेसबुकका जन्मदाता मार्क जुकर्बगका अनुसार फेसबुकले आफ्नो सामाजिक सञ्जालमा ‘डिस्लाइक’ बटन राख्नुपर्ने बताएका छन् ।

क्यालीफोर्नीयाको मेन्लो पार्क स्थित फेसबुकको हेडक्वार्टरमा आयोजित एउटा समारोहमा ३१ वर्षिया जुकर्बगले मानिसले आफ्नो असहमती पनि पोख्न पाउनुपर्ने धारणा राखेको बिबिसिले बताएको छ ।
उक्त व्यवस्था प्रयोगकर्ताहरुका माझ चाडै आउने तयारी अवस्थामा रहेको उनले बताएका छन् । सन् २००९ मा लाइक बटनको सुरुवात देखि नै निरन्तर रुपमा केहि प्रयोगकर्ताहरुले डिस्लाइक बटनको माग राख्दै आएका थिए ।

मगंलबार स्रोता माझ बोल्दै जुकर्बगले भने,“ धेरै वर्षदेखी मानिसहरु डिस्लाइक बटन को लागी सोधिरहेका छन् ” । “सम्भवत सयौं मानिसले यसको माग गरेका थिए र आजको दिन विशेष छ किनकी हामी यसका लागी तयार भएका छौं ।”
तथापि उनि पोष्ट गर्नेलाई निराश पार्ने यस प्रविधि प्रति त्यति खुशी नभएको उनि बताउछन् । तर यो दुखदपुर्ण पोष्टमा लाइकको साटोमा उपयोगी बन्न सक्छ ।