सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

User Rating:  / 0
PoorBest 

बुटवल, साउन २६ - सडक माथिबाट ढुङ्गा सहितको लेदो झर्न थालेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडकखण्ड अहिले अबरुद्ध भएको छ । पाल्पाको माथिल्लो सिद्धबाबा नजिक लेदो खस्न थालेपछि सडक बन्द भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार पानी परिरहेकोले बाटो खुलाउन समस्या भएको छ ।

गएको शनिबार दिउँसो सिद्धबाबामै पहिरोको कारण बस तिनाउ नदीमा खस्दा तीनजनाको ज्यान गएको थियो ।