नेपाल ३ रनले पराजित

User Rating:  / 0
PoorBest 

काठमाडौ, श्रावण १४ - आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा बुधबार नेपाल स्कटल्यान्डसँग ३ रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको २ सय ३६ रनको लक्ष्य लिएर खेलेको नेपाल ५ विकेटको क्षतिमा २३२  रन मात्र जोड्न सक्यो ।  वर्षाका कारण ५० ओभरको खेल छोट्याएर ३६ ओभरमा झारिएको थियो । टस जितेर नेपालले पहिलो फिल्डिङ रोजेको थियो ।