कोरिया सरकारबाट निर्माण सामाग्री प्रदान

User Rating:  / 0
PoorBest 

काठमाडौं, श्रावण १३ । भूकम्पपछिको पुनःनिर्माणका लागि दक्षिण कोरिया सरकारले नेपाललार्ई २४ ओटा निर्माण सामाग्री प्रदान गरेको छ ।

कोरिया सरकारले कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् भूकम्म प्रभावित क्षेत्रहरुमा थुप्रेका भग्नावशेष हटाउन, पुनःनिर्माणमा सहयोग पुर्‍याउन २४ ओटा हेभी इक्वीपमेन्ट प्रदान गरेको हो ।

कोरियासरकारले १० ओटा हाइड्रोलिक एक्साभेटर, ६ ओटा हुइल लोडर, ४ ओटा स्कीड स्टीर लोडर र ४ ओटा कमप्याक्ट मिनी एक्साभेटर उपलब्ध गराएको जनाइएको छ ।