नेपाल र स्कटल्याण्डबीचको खेल ३६ ओभरमा मात्रै हुने

User Rating:  / 0
PoorBest 

खेल मैदान बर्षाको कारण चिसो भएपछि रोकिएको नेपाल र स्कटल्याण्डबीचको खेल ३६ ओभर मात्रै हुने भएको छ ।

दिउँसो ३ः३० बजे राखिएको खेल अहिले ६ः१६ बाट शुरु हुने भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीन अन्तर्गत नेपाल पहिलो खेल आज स्कटल्याण्डसँगै खेल्दैछ ।

भर्खरै सकिएको ट्वान्टी–ट्वान्टी क्रिकेट विश्वकप छनौट खेलको च्याम्पियन स्कटल्याण्डसँग नेपाल उसकै गृहमैदानमा खेल्दैछ ।

दुवै देशका लागि यो पहिलो खेल हो । ट्वान्टी–ट्वान्टी क्रिकेट विश्वकप छनौट खेलमा राम्रो प्रदर्शन गर्न नसकेको नेपालका लागि आफ्नो साख जोगाउने अवसर समेत हो ।

यसअघि, फर्ममा नरहेका ब्याट्सम्यान सुवास खकुरेल र बिनोद भण्डारी यो खेलमा छैनन्, सागर पुन चोटका कारण मैदानमा उत्रने छैनन् भने यो खेलमा महेश क्षेत्री र पृथु बास्कोटालाई अवसर दिइएको छ ।