रेडियोको स्थायित्व र गुणस्तरका बारेमा भने निजी क्षेत्र स्वयम् नै जिम्मेवार हुनुपर्छ।”

User Rating:  / 1
PoorBest 

नेपालमा एफएम सङ्ख्या ६ सय ३८ पुगेको छ। सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६ सय ३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन्। तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन्। बाँकी ९१ एफएम रेडियोहरू विविध कारणले सञ्चालनमा आएका छैनन्। असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति पाएका छन्।   सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाई एकै सहर वा गाउँमा धेरैवटा एफएम रेडियो खोल्नुभन्दा पनि एउटा पनि नभएको ठाउँमा खोल्नु स्वाभाविक मान्न सकिने धारणा राख्छन्। रेडियोको सङ्ख्यामा वृद्धि भए तापनि त्यसको स्थायित्वमा चुनौती देखिएको उनको अनुभव छ।   सरकारले विसं २००७ मा रेडियो नेपाल सञ्चालनमा ल्याएको थियो। त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो। निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको सङ्ख्यामा अत्यधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ।   सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले भने – “नेपाल लोकतान्त्रिक मुलुक भएको नाताले निजी क्षेत्रबाट एफएम सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्न सक्छ, तर त्यसको स्थायित्व र गुणस्तरका बारेमा भने निजी क्षेत्र स्वयम् नै जिम्मेवार हुनुपर्छ।”   ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले दिनमा १२/१३ घन्टा विद्युत् भार कटौती हुने र विज्ञापनको बजारसमेत कमजोर भएको मुलुकमा ६३८ वटा एफएम रेडियोको आवश्यकता नहुने बताए।