स्कटल्याण्ड र नेदरल्याण्डलाई संयुक्त उपाधि

User Rating:  / 0
PoorBest 

विश्व ट्वान्टी-२० छनोटको उपाधि स्कटल्याण्ड र नेदरल्याण्डले संयुक्त रूपमा बाँडेका छन्।

आइतबार डल्बिनस्थित रंगशालमा वर्षाले खेल हुन नसकेपछि दुबैलाई ट्रफि बाडिएको हो।

यसअघि हङहङ र आयरल्याण्डबीच तेस्रो स्थानका लागि भएको खेलमा पनि वर्षा बाधक भएर आयरल्याण्डलाई तेस्रो र हङहङलाई चौथो बनाइएको थियो।

हङहङलाई हराएको स्कटल्याण्ड र आयोजक आयरल्याण्डलाई हराएको नेदरल्याण्ड उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गरेका थिए। तर आइतबार भएको निरन्तर वर्षाले खेल प्रभावित भएको थियो।

प्रतियोगितमा अफगानिस्तान पाँचौ र ओमान छैठौ भएका थिए। नेपाल समूह चरणबाटै बाहिरिएको थियो।