खाडी मुलुक लैजान लागिएका २१ नेपाली युवतीको भारतबाट उद्दार

User Rating:  / 0
PoorBest 

दिल्ली विमानस्थल हुँदै खाडी मुलुकको दुबई लगायत सहरमा लैजान लागिएका २१ नेपाली युवतीलाई महिपालपुर क्षेत्रका होटलबाट छापा मारेर पक्राउ गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

अनाधिकृत कागजातका भरमा गत सोमबार र मंगलबार दुबई उड्न लागेका ७ जना नेपाली युवतीले दिएको सूचनाका आधारमा थप २१ जनालाई शनिबार पक्राउ गरिएको हो ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले पक्राउ गरिएका युवतीलाई तत्काल अध्यागमन थुनामा राखिएको र उनीहरुलाई दिल्लीस्थित नारी निकेतन केन्द्रको जिम्मा लगाइने जनाएको छ । पक्राउ पर्नेमा केहीको दुबईको टुरिस्ट भिसा रहेको र केहीको कामदार भिसा भएपनि श्रम स्टिकर नलगाइएकै अवस्थामा ‘सेटिङ’बाट बाहिर लैजान लागिएको स्रोतले जनाएको छ ।