रोजगार व्यवसायी र सरकारबीच समस्या समाधानका निम्ति शनिबार राति सहमति भएको छ।

User Rating:  / 0
PoorBest 

वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि नेपाल सरकारले निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था लागू गरेसँगै हडतालमा उत्रिएका रोजगार व्यवसायी र सरकारबीच समस्या समाधानका निम्ति शनिबार राति सहमति भएको छ।

सरकार लागू गरेको निःशुल्क भिसा र हवाइ टिकटको व्यवस्थालाई हाल कायम राख्ने र दुवै पक्ष सम्मिलित कार्यदलले त्यसको प्रभावकारिताबारे विभिन्न देशमा अध्ययन गर्ने बुँदाहरु सम्झौतामा उल्लेख छ।

श्रम मन्त्रालयले नेपाली कामदारहरुको बढी माग हुने भनिएको ७ राष्ट्रमा कामदार पठाउनका लागि निःशुल्क भिसा र हवाइटिकटको नियम लागू गरेपछि वैदेशिक रोजगार व्यवसायीहरुले त्यसको विरोध गर्दै कामदार विदेश पठाउने काम रोकेका थिए।

गत असार २१ गतेदेखि उक्त नियम लागू भएको १७ दिनपछि दुवै पक्षले सम्झौता गरेका हुन्।

मा तोकिएको छ।