जर्मनीका विदेश मन्त्री अफगानिस्तानमा

User Rating:  / 0
PoorBest 

फ्राङ्कफट, २६ माघ । जर्मनीका विदेश मन्त्री फ्राङ्क वाल्टर स्टेनमिर आइतबार अफगानिस्तान पुग्नुभएको समाचार छ । उहाँ अफगानिस्तानको सहर मजार इ सरिफमा पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ अघोषित भ्रमणका रुपमा आइतबार त्यहाँ पुग्नुभएको उहाँका प्रवक्ताले आइतबार बिहान जानकारी दिनुभएको छ । सो सहरमा अहिले पनि करिब तीन हजारको सङ्ख्यामा जर्मनका सैनिकले नेटो सैनिकका रुपमा सेवा प्रदान गरिरहेका छन् । उक्त सहर अफगानिस्तानको उत्तरमा पर्दछ ।
ती सैनिकहरु यसै वर्षको अनत्यसम्ममा त्यहाँ बस्नेछन् । सो कुराको निर्णय जर्मन सरकारले गत बुधबारमात्र गरेको हो । यस निर्णयलाई जर्मनीको संसदले चाँडै नै अुनमोदन गर्नेछ । अफगानिस्तानमा हालैमात्र विगतका तुलनामा गैर सैनिक हताहतिको सङ्ख्या कम्तीमा पनि १४ प्रतिशतले बढेको जनाइएको छ । सोही समयमा उहाँको यो भ्रमण भएको सञ्चारमाध्यमहरुले आइतबार जानकारी दिएका छन् ।उहाँले गर्नुहुने अरु कुनैपनि भेटघाट या अन्य कार्यक्रमका बारेमा भने केही बताइएको छैन । अहिले पनि अफगानिस्तानमा कम्तीमा पनि ५० हजार नेटो सैनिक रहेका छन् । ती सैनिक यसै वर्षको अन्त्यसम्ममा त्यहाँबाट हटिसक्ने निर्णय यसअघि नै नेटो सम्बद्ध राष्ट्रहरुले गरिसकेका छन् ।

संयक्त राष्ट्रसंघले हालै दिएको जानकारी अनुसार सन् २०१३ मा पाकिस्तानमा विगत वर्षको तुलनामा करिब १४ प्रतिशतले नागरिक हताहतिको सङ्ख्य बढेको हो । यो सङ्ख्या सन् २०११ को हाराहारीमा पुगेको पनि बताइएको छ ।  अफगानिस्तानमा रहेको नेटो सैनिकको जानकारी अनुसार सन् २०१३ मा करिब तीन हजार जना सर्वसाधारण मारिएका थिए । सो वर्ष बम विस्फोट एवम् गोली प्रहारबाट छ हजारभन्दा बढी घाइते भएका थिए ।यो हताहति अघिल्लो वर्ष अर्थात सन् २०१२ को तुलनामा कम्तीमा पनि १४ प्रतिशतले बढी हो ।

यसअघि सन् २०११ मा सबैभन्दा धेरै नागरिक मारिएका थिए । वार्षिक रुपमा हेर्दा सन् २०११ मा तीन हजार २०० नागरिकको ज्यान गएको थियो । गएको पाँच वर्षयता अफगानिस्तानमा करिब १५ हजार नागरिकले ज्यान गुमाउनु परेको छ ।