बोलिभियामा बाढी र पहिरोबाट बयालीसको मृत्यु

User Rating:  / 0
PoorBest 

लापाज, २८ माघ - बोलिभियामा बाढी र पहिरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४२ पुगेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
अविरल वर्षापछि आएको यस प्रकोपबाट १५ व्यक्ति बेपत्ता हुनुको साथै ४७ हजार ४६६ घरपरिवार घरवारविहीन भएका पनि बताइएको छ । दक्षिण अमेरिकी मुलुक बोलिभियामा गतहप्ता यस प्रकोपबाट ३३९ महानगरपलिका प्रभावित भएको  जनाइएको छ । मध्य बोलिभियाको मध्य प्रान्त कोचाबाम्बा सवैभन्दा बढी  प्रभावित रहेको छ  ।
करिब २० दिन भन्दा बढी समयदेखि  बोलिभियामा यस दैवीप्रकोपले सताईरहेको समाचारमा उल्लेख छ ।
 यसैबीच उप–शिक्षामन्त्री जुआन जोसे युइरोजले सोमबार यस प्रकोपका कारण बन्द भएका करिब ४८७ विद्यालयहरू पुनः बन्दनै राख्ने घोषणा गर्नुभएको छ ।